Program प्रकाशित: 13 Apr 2083Published: 13 Apr 2083

आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा गुरुपूर्णिमाको अवसरमा गुरु सम्मान , पूजन तथा गुरु भेटी समर्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयमा अध्ययनरत सम्पूर्ण कक्षाका विद्यार्थीहरूको आयोजनामा सम्पन्न कार्यक्रममा गुरु–शिष्य सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ विविध कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल हिम बहादुर पौडेलले कार्यक्रममाथि प्रकाश पार्दै गुरुको सम्मान, अनुशासन र संस्कारको महत्त्वबारे प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले फूल, पुष्पगुच्छा तथा गुरु–भेटी प्रदान गरी विद्यालयका सम्पूर्ण गुरु गुरुआमाहरूलाई सम्मान गरेका थिए। साथै सम्पूर्ण कक्षाका विद्यार्थीहरूले संयुक्त रूपमा केक काटी आफ्ना गुरु–गुरुआमालाई खुवाएर गुरुपूर्णिमालाई थप उल्लासमय बनाएका थिए।
कार्यक्रममा लेखा तथा अभिलेख प्रमुख धर्म बहादुर पौडेल, एकेडेमिक इन्चार्ज मिन बहादुर थापा, इसिए इन्चार्ज नारायण पौडेल ,शिक्षक कोर्डिनेटर दिपेन्द्र लामिछाने, सहायक शिक्षिक कोर्डिनेटर बबिना श्रेष्ठ, कक्षा शिक्षकहरू सृष्टि आचार्य, रिना प्रधान, तिर्थ अधिकारी, पूर्ण प्रसाद तिवारी, सरिता पौडेल, सिर्जना पौडेल र मिना के.सी. तथा कर्मचारी नारायण गिरी र विजय पौडेलको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी कक्षा ७,८,९ र १० का प्रतिनिधि विद्यार्थीहरुले प्राईमरी शिक्षक शिक्षिकालाई समेत सम्मान सहित गुरु भेटी समर्पण गरेका थिए।
प्राईमरी इन्चार्ज अर्जुन सापकोटाले सम्पूर्ण विद्यार्थीलाई विशेष आभार प्रकट गर्नु भएको थियोे ।उक्त कार्यक्रममा कक्षा शिक्षक ज्योति क्षेत्री , विन्दिका आचार्य , सावित्री भूषाल, सङ्गिता गिरी,वुद्धिमाया पुन, दुर्गा वराल,सरस्वती कार्की र सुमित्रा सुवेदी साथै दिदीहरु कमला पुन र थममाया पुनको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरूले उत्साहपूर्वक गुरुपूर्णिमा मनाउँदै आफ्ना गुरुहरूप्रति कृतज्ञता व्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले गुरुहरूको मार्गनिर्देशनलाई जीवनभर आत्मसात् गर्दै असल, अनुशासित र जिम्मेवार नागरिक बन्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए।
विद्यालय परिवार यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीमा गुरुप्रति सम्मान, नैतिक मूल्य, संस्कार र सकारात्मक जीवनदृष्टिको विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
उक्त कार्यक्रमको अध्यक्षता विद्यालय क्याप्टेन शुभम पौडेलले गरेका थिए भने कार्यक्रमको सञ्चालन कक्षा १० का विद्यार्थी देवयानी लामिछाने र समृद्धि पौडेलले गरेका थिए।